आज :

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

  • अनलाइन डबली

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।

उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवद्र्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

ट्रोयरका लागि यो आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टरबाइन मध्ये एक हो । हाल नेपालमा ट्रोयरले आपूर्ति गरेको सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यस्तै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम चरणको जडान तथा परीक्षणको प्रक्रियामा रहेका छन् ।

यसबाहेक, ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) जस्ता आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ ।

नेपालमा दीर्घकालीन सेवा र प्राविधिक सहयोग सुदृढ गर्न ट्रोयरले हालै काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ, जसले ग्राहकलाई समयमै सहयोग र मर्मत–सम्भार सेवा उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउनेछ । सम्झौता कार्यान्वयनपछि आयोजना विद्युत् उत्पादनका लागि तयार अवस्थामा पुग्नेछ।

लगानी करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) भकतष्mबतभम गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवद्र्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मस्र्याङ्दी बेसी जलविद्युत आयोजना प्रवद्र्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएको कारण उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal