आज :

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

  • अनलाइन डबली

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो ।

जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्।

बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो।

कर्णालीले २५–१५, २५–१२ र २५–१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो।

कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो। बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal