आज :

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

  • अनलाइन डबली

बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ ।

बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए । निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको उनले बताए  ।

यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वस्फुर्त रुपमा आएको पाईएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार यस बर्ष कुनै राजनीतिक दल र स्थानीय निकायले मतदाताहरूलाई गाडीमा ल्याएका छैनन् ।

मतदाता नामावलीमा नाम दता गराउने समय तीन दिन मात्र बाँकी रहेको छ । अझैपनि बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू धेरैनै छुटेका छन् । केही दिन अझै थप गर्नुपर्ने देखिएको छ ।

बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । तुलनात्मक रुपमा बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal