आज :

भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशमा पनि बम विस्फोट ,पाकिस्तानी तालिबानले लियो जिम्मा

  • अनलाइन डबली

भारतको राजधानी नयाँ दिल्लीमा आइतबार भएको बम बिष्फोटको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले लिएको छ । भारतीय संचार माध्यामहरुका अनुसार लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै साँझ ६:५५ बजे कारमा बिष्फोट भएको थियो ।

यस्तै भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ ।

ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आउन बाँकी छ ।

जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि मंगलबार बुलेकी स्थानीय समय अनुसार ८:०४ बजे अर्को विष्फोट भएको थियो । यसैगरी विस्फोट ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।
प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा मानवीय क्षति नभएको जनाएको छ।
यसैगरी सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो । ढाकामा सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयलाई लक्षित गरी विष्फोट गराइएको थियो । यो घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएको द डेली स्टारले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal