आज :

‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित

  • अनलाइन डबली

काठमाडौं । नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो ।

मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै महासचिवमा विष्णु कल्पितलाई चयन गरेको छ ।

समितिको सचिवमा नरेन्द्र मैनाली, कोषाध्यक्षमा आलोक शुक्ला, सदस्यमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन् ।

कार्यक्रममा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, गौतम श्रेष्ठ, बिशाल पौडेल, निरज कँडेल, उमङ शाही, कृष्ण श्रेष्ठ, बाबु श्रेष्ठ, रामशरण उप्रेती, शिवराम श्रेष्ठ, चिन्तन राजभण्डारी, शम्भू सापकोटा, दिछे गुरुङ, शिवु ढकाल, राजेश श्रेष्ठ, विवेक खड्का, अमर महर्जन, सरद महतो, नविन गुरुङ, लुःजः सिंह, कृष्ण परियार र रविन आचार्य लगायतका छायाँकारहरूको उपस्थिति रहेको थियो ।

भेलाले चलचित्र क्षेत्रका विभिन्न पेशागत संघ–संस्था भए पनि हालसम्म छायाँकारहरूको आफ्नै संस्था नहुँदा साझा आवाज नउठेको निष्कर्षमा पुग्दै, पेशागत हकहितको संरक्षण तथा विकासका लागि गैरसरकारी संस्थाको रूपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ स्थापना गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरेको हो ।

संस्थाको औपचारिक दर्ता नहुँदासम्मका लागि भेलाले तदर्थ समिति गठन पनि गरेको हो  । भेलाले आगामी छ महिनाभित्र संघको अधिवेशन सम्पन्न गरी स्थायी कार्यसमिति गठन गर्ने निर्णय पनि गरेको छ ।

साथै प्रस्ताव नं. ३ उपर छलफल गर्दा तर्दथ समितिले संस्था दर्ता गरेपछि पुन छलफल गर्ने गरी आजको बैठक समापन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal