आज :

धनुषा र महोत्तरीसंग जोडिएका नेपाल–भारत नाका बन्द

  • अनलाइन डबली

जनकपुर । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण धनुषा र महोत्तरी जिल्लाका नेपाल–भारत सीमावर्ती नाकाहरु तीन दिनका लागि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, धनुषा र जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार  सूचना जारी गर्दै आगामी मङ्गलबार अर्थात् २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११ तारिख) हुने निर्वाचनलाई दृष्टिगत गर्दै सीमामा शान्ति सुरक्षा व्यवस्थापनका लागि नाका बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

सूचनाअनुसार मिति २०८२ साल कात्तिक २२ गते साँझ ६ः०० बजेदेखि कात्तिक २५ गते साँझ ६ः०० बजेसम्म नेपाल–भारत सीमाका नाकाहरुमा मानवीय तथा आर्थिक गतिविधि पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासनले नागरिकलाई उक्त अवधिमा सीमा नाका पार नगर्न अनुरोध गर्दै आवश्यक सहयोग र जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal