नेकपा (एमाले)निकट युवा संघ नेपाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो ‘स्टाटस’मा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने भएको छ।
बालेनले गत शनिबार विभिन्न शक्ति राष्ट्र र देशका विभिन्न रानीतिक दलको आलोचनामा प्रयोग गरेको शब्दविरुद्ध आज उजुरी लिएर ब्युरोमा जान लागेको हो ।
बालेनले देशको इज्जतमाथि नै धावा उठ्ने गरी प्रयोग गरेको शब्द र स्टाटसले समाजमा घृणा फैलाएको संघका अध्यक्ष क्षितिज थेबेले बताए।
अध्यक्ष थेबेले भने, ‘बालेनले प्रयोग गरेका शब्दहरूले देशको इज्जतमाथि नै धावा उठ्ने गरी, हाम्रो नेपाली र नेपालको शिर झुक्ने गरी र मित्र राष्ट्रहरूलाई चिढाउने गरी मुख छाडेको प्रति हाम्रो गम्भीर आपत्ति छ, यस खालको प्रवृत्तिले विश्वसामु देशको शिर झुक्छ। ‘
मेयर बालेनले गत शनिबार राति आफ्नो आधिकारिक फेसबुकमा दलहरू तथा छिमेकीसहित अमेरिकालाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए। स्टाटस राखेको पोस्ट एक घन्टा नपुग्दै हटाएता पनि हालसम्म चौतर्फी चर्को विरोध भइरहेको छ।


अनलाइन डबली


