आज :

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् ।

गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’

उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो । अब त्यो समय आएको छ । किनभने दुई महिना भइसक्दा पनि न भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न हत्यारा विरुद्ध कारवाही गरिएको छ ।’

गुरुङले आफू र आफ्ना सहकर्मीहरू राष्ट्रहितका लागि लडिरहेको बताउँदै लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचार, चरित्र हत्या र अपमान सहनु प¥यो । म सोच्थें—कामले बोल्छ । तर अब तपाईंबाट आशा हराइसकेको छ ।’

यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् ।

उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal