आज :

निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि कायमै

  • अनलाइन डबली

जनकपुर । धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको आन्दोलन बुधबार पनि जारी रहेको छ ।

विगत एक हप्तादेखि सरकारले तोके अनुसारको तलब पाउनु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रीएकका चिकित्सकहरुले आज जनकपुरधामस्थित मधेश भवन (मधेश प्रदेशका मन्त्रालयहरु भएको स्थान) अगाडि सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामका निजी अस्पतालहरुले चिकित्सकहरुलाई कार्य अवधि भन्दा बढी काम गराउने, ८ हजार देखि १२ हजार सम्म तलव मात्र दिने, कुनै गुनासो गरे कामबाट हटाउने जस्ता कार्य गर्ने गरेको विरोध प्रदर्शनमा बसेका चिकित्सक उदय साहले बताए ।

आफ्ना समस्याहरु सम्बन्धित सम्पूर्ण निकायहरुलाई गएर सुनाए पछि आश्वासन बाहेक केही नपाएको उनीहरुको आरोप छ । आजै उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई छलफलका लागी बोलाएर उनीहरुको समस्या सुनेका थिए । तर प्रजिअ प्रेम प्रसाद लुइटेलले उनीहरुको समस्या समाधान सम्बन्धित निकायले मात्र गर्न सक्ने र जिल्ला प्रशासन कार्यालयको हक अधिकार भन्दा माथिको कुरा रहेको बताएका थिए ।

चिकित्सक साहले न्यूनतम तलब ज्याला आफूहरुले पाउने वातावरण नबने सम्म आन्दोलन जारी राख्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal