आज :

माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’

सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।

‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो,’ उनले भने ।

उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सह–संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ ।’

उनका अनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्त माक्सवाद, लेलिनवाद हुनेछ । उनले नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताउँदै भने, ‘पार्टीको तत्कालिन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलव्धिहरुको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशाषन, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।’

नयाँ पार्टीको आन्दोलनको स्वरुप आन्दोलन मुलत शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थिती अनुसार ससद, सडक र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal