आज :

जस्मीन ब्युटी पार्लरको २० औ उत्सवमा कलाकार, पत्रकार, संगीतकार, साहित्यकार, मोडेलहरु सम्मानित

  • बुद्धशरण शाही

काठमाडौँ । सिप सिकौं, आत्म निर्भर बनौं भन्ने मूल नारासहित जस्मीन व्युटि पार्लर एण्ड ट्रेनिङ्ग इन्स्टिच्युट ( सिटिइभिटीबाट मान्यता प्राप्त ) को २०औ समुहका सफल विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै नेपालका राष्ट्रिय अन्तर्राष्ट्रियस्तरया कलाकार, पत्रकार, संगीतकार, साहित्यकार, मोडेलहरुलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच बरिष्ठ रंगकर्मी कलाकार कृष्णभक्त महर्जन, बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी, नेवार भाषामा निर्माण भएको राजमती चलचित्र कर्मी हिसिला महर्जन, कलाकार भिंतुना जोशी, पत्रकार रत्नमन महर्जन, थाहा संचारका संचारकर्मी तथा म्यूजिक भिडियो निर्देशक राजेन्द्र डंगोल, पत्रकार विष्णुमाया बाँस्कोटा, शिक्षण पेशामा आबद्ध दरबार हाईस्कूलका प्रधान अध्यापक शारदा पौडेल, काठमाडौं मोडल स्कूलका संस्थापक निर्देशक राजेन्द्र महर्जन, काठमाडौँ महानगर पालिका २७ वडाका जनप्रतिनिधि तथा समाजसेवी सृष्टि कंसाकार, दरबार स्कूलका व्यवस्थापन समिति सदस्य राजेन्द्र श्रेष्ठ, बज्र कला कुञ्जया इन्स्ट्रक्टर कोरियोग्राफर सुदन मुनिकार लगाएत मोडलिंगमा आबद्द कलाकारहरु सम्मानित भएका हुन्।

सो अवसरमा नयाँ बन्न लागेको “आमा” म्यूजिक भिडियोको प्रिमियर गरिएको छ। “आमा” म्यूजिक भिडियोमा छायाँकन, सम्पादन तथा निर्देशन राजेन्द्र डंगोलको रहको छ,भने सम्पादन इन्द्र मानन्धरको रहेको  छ।

यसै गरि यस म्युजिक भिडियोमा संगीत बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी र संगीता रायमाझीको शब्द रचनामा राजेन्द्र श्रेष्ठको स्वर बढ्द रहेको  छ ।

कार्यक्रममा निर्देशक राजेन्द्र डंगोल र राजेन्द्र श्रेष्ठले सांगितिक प्रस्तुति रहयो भने , बरिष्ठ कलाकार कृष्णभक्त महर्जन बात सुरभीज क्रियसनका ड्रेस डिजाइनर संगीता महर्जनले डिजाइन गरेका पहिरनहरुको  फेशन शोको प्रस्तुति समेत रहयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal