आज :

रुस–युक्रेन युद्धः रुसलाई ठूलो सफलता, डोनेट्स्कको पोक्रोभस्कका सरकारी कार्यालयमा रूसी झण्डा

  • अनलाइन डबली

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध जारी छ । रुसी सेनाले पोक्रोभस्कमा क्षेत्रमा ठूलो सफलता हात पारेको छ । उसले युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।

एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।

सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए ।

उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । त्यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal