रामेछाप। बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ ।
मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले हिजो साँझदेखि नै सवारी साधन रोकेको हो ।
प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


