आज :

प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन

  • अनलाइन डबली

सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

उक्त समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार उक्त विषयको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।

समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन । सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन् ।

पत्रमा सर्लाही प्रादेशिक अस्पतालमा रहेका सरकारी सम्पत्तिको निजी प्रयोजनमा दुरुपयोग भएको समाचारप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

जानकारी अनुसार, मेसु सिंह आगामी कार्तिक १७ गते अवकाशमा जान लागेका छन् । उनले सोही अवसर पारेर गत शुक्रबार अस्पतालका लाखौं मूल्यका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि घरतर्फ लगेका थिए । ती सामग्री अस्पतालकै सरकारी गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निवासमा लैजाने कार्य भएको बताइएको छ ।

सिंहमाथि यसअघि पनि अस्पताललाई कमाउने साधनमा रुपान्तरण गरेको बिरामीहरूलाई निजी अस्पतालमा रेफर गरी कमिशन लिने आरोप लाग्दै आएको थियो । साथै, उनले अस्पतालका सरकारी गाडीलाई व्यक्तिगत तथा घरायसी काममा समेत प्रयोग गर्ने गरेको समाचारहरू पनि बाहिर आएका छन् ।

प्रशासनले घटनाको गम्भीरता हेर्दै तीन सदस्यीय समिति मार्फत विस्तृत छानबिन गराई आवश्यक कारबाहीका लागि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal