आज :

सर्लाहीको चमेलीमाई मन्दिरमा व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको आरोप, छानबिन गर्न माग

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको चर्चित शक्तिपीठ चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र घोटाला भएको आरोप लगाउँदै स्थानीय युवाहरुले छानबिनको माग गरेका छन् ।

आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै युवाहरुले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आम्दानी पारदर्शी रूपमा सार्वजनिक नगरेको र समितिको रकम व्यक्तिगत खातामा राख्ने गरेको आरोप लगाएका हुन् ।

स्थानीय युवा दिपक कुमार यादवले व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आयव्ययको वार्षिक हिसाब सार्वजनिक नगर्ने, पारदर्शिता नअपनाउने र आम्दानीको रकम व्यक्तिगत खातामा राख्ने गरेको बताए । अन्य युवाहरूले पनि समितिभित्र मनोमानी र एकछत्र चलखेल रहेको आरोप लगाउँदै सम्पूर्ण आर्थिक गतिविधिको छानबिन गर्न माग गरे ।

मन्दिरका पूजारी जयबिर झाका अनुसार ‘दक्षिणा मन्दिरमै जम्मा गर्ने र पछि बैंकमा राख्ने गरिन्छ, तर त्यसको लेखाजोखा स्पष्ट छैन,’ उनले भने । सोही क्रममा रसिद काट्ने व्यक्तिले मन्दिरको केही रकम आफूले नै राखेको भए पनि सबै पदाधिकारीको बैठकपछि पारदर्शी हिसाब प्रस्तुत गर्ने बताए ।

स्थानीयहरूका अनुसार जिल्लाको प्रसिद्ध धार्मिक स्थल चमेलीमाई मन्दिरको सरसफाइ र भौतिक सुधारमा समेत व्यवस्थापन समितिले ध्यान नदिएको गुनासो छ । मन्दिर वरिपरि फोहोरको समस्या, सौचालयको अभाव र सजावटमा बेवास्ता भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal