आज :

महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि, शवयात्रामा इजरायली अधिकार पनि सहभागी

  • अनलाइन डबली

कञ्चनपुर । इजरायल–हमास यु’द्धका क्रममा मृ’त्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । गएराति नै शव घर पुर्याइएकाे थियाे । पारिवारिक संस्कारअनुसार जाेशीकाे महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो ।

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।

शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए ।

विपिन सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए भने इजरायल पुगेको केही दिनमै हमासको आक्रमणमा परेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal