आज :

आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितीमा आजको बैठक बस्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस शीर्ष नेताहरूबीच केही दिनदेखि लगातार केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ । आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावका विषयमा छलफलमा भएपनि सहमति जुट्न नसकेको छैन ।

आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बसी केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउने बताइएको छ । केन्द्रीय समिति बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिती रहने छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal