आज :

भण्डारखाल क्षेत्र सञ्चालनमा ल्याउन वडा र स्थानीयद्वारा विकास कोषलाई ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौँ । गौसाला स्थति  भण्डारखाल क्षेत्र सञ्चालनमा ल्याउन वडा र स्थानीयद्वारा विकास कोषलाई ध्यानाकर्षण गराएका छन्  ।

कामपा ८ का वडाअध्यक्ष आशामान संगत सहित स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई मौखिक रूपमा ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशमान संगतले, विगत लामो समयदेखि बन्द अवस्थामा रहेको भण्डारखाल परिसर चाडोभन्दा चाडैं खुलाउन आग्रह गरे ।

उनले, जयवागेश्वरी माँको १२ वर्षे जात्रा सञ्चालन ब्यवस्थापन र यहाँका स्थानीय मठमन्दिरको पुजारीहरूको आवश्यकता अनुसारको ब्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराए ।

त्यस्तै, स्थानीयहरूले स्थानीयले दैनिक रूपमा विहान बेलुका मर्डिङ बाक गरिरहेको स्थान मौन रूपमा बन्द गरेर राख्नु अनुचित रहेको र यथाशीघ्र खोल्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, अदालतमा भण्डारखाल सम्बन्धि मुद्दा रहेकाले आफुले समयमा नै सञ्चालनमा ल्याउन नसकेको र यथाशीघ्र भण्डारखाल खुल्ला गर्नेमा आफूपनि तयार रहेको बताए ।

उनले सोमबार जनप्रतिनिधि सहित स्थानीयको भेला गरेर भण्डारखाल परिसर खुल्ला गर्ने विषयमा आफूहरू सक्षम रहेको बताए ।

उनले, आवश्यक पहल कदमी सहित स्थानीयहरूको भावना अनुसार नै काम गरेर अगाडि बढ्ने जोशीले बताए ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को २०८१ असोज ११ गते बसेको बैठकले सर्वसाधारणलाई भण्डारखाल प्रवेशमा अनिश्चितकालीन समयको लागि प्रवेशमा रोक लगाएको थियो  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal