आज :

बिहान–बेलुका चिसो, दिउसो गर्मी

  • अनलाइन डबली

सर्लाही ।  सर्लाहीसहित तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ।

मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् ।

उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ ।

सर्लाहीमा एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ । अहिले दैनिक घाम लाग्ने क्रम जारी छ । मौसम अनुकूल बनेपछि धान पाकेका खेतमा किसानहरू भित्र्याउने काममा व्यस्त छन् ।

अन्य बाली रोप्ने किसान पनि खेतीपातीमा जुटेका छन् । चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal