आज :

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा ल्याइएकी नयनदेवीलाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । मृत घोषणा गरिएपछि पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

त्यहाँ पुराएपछि बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको थियो। प्रत्येक वर्ष सर्लाहीमा सर्पदंशका कारण मृत्यु हुने घटनामा समयमै उपचार नपाउने र धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले ठूलो जोखिम थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal