आज :

पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत

  • अनलाइन डबली

विराटनगर । लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ । स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो ।

मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल लगायतका सामग्रीहरू इलामका विभिन्न प्रभावित क्षेत्रमा पठाइएको छ ।

सचिव आचार्यले भने, ‘इलाममा सडक सञ्जाल बाढी र पहिरोले अवरुद्ध भएपछि राहत पु¥याउन एक मात्र विकल्प हवाई मार्ग थियो । अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ ।’

असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुम लगायतका स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।

प्रदेश सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै राहत तथा पुनःस्थापनाको दीर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ । मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal