आज :

जेन-जी आन्दोलनः रबिका कारण १४ हजार ५ सय ५६ जना कैदीबन्दी भागेका थिए

  • अनलाइन डबली

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् ।

जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् ।

यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए । जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन् ।

नभागेका कुल कैदी १५ हजार ५ सय २५ छन् भने त्यसमा कारागारका १५ हजार १ सय ६२ छन् भने सुधारगृहबाट ६ सय ६३ जना छन् । यसका साथै भागेका मध्ये कुल ८ हजार ८ सय ५१ जना कैदी फिर्ता आएका छन् । त्यसमा कारागारका ८ हजार ५ सय १० छन् भने सुधारगृहका ३ सय ४१ जना रहेका छन् ।

आउन बाँकी कुल कैदी ५ हजार ६ सय ९७ जना छन् भने यसमा कारागार तर्फ ५ हजार ७९ जना छन् भने सुधारगृह तर्फ ६ सय १८ जना छन् ।
यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये ५ जना कारागारका ५ जना सुधारगृहका छन् ।

हाल कूल कैदीको संख्या २४ हजार २ सय २८ जना छन् । यसमा कारागारका २३ हजार ४ सय ३० छन् भने सुधारगृह तर्फ ७ सय ९८ जना छन् ।

रास्वापाका सभापति रबि लामेछाने कमजोर सुरक्षा अवस्थाको मौका छोपेर नख्खु कारागारबाट निस्किएपछि देशभरका विभिन्न कारागार तथा सुधार गृहमा रहेका कैन्दीबन्दीहरु पनि निस्किएका थिए । कैदीबन्दी कमजोर सुरक्षा अवस्थाको मौका छोपेर भागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal