आज :

कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

  • अनलाइन डबली

काठमाडौं । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।
नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।
विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।
त्रिभुवन राजमार्ग उर्लेनी डाँडामा पहिरोले अवरुद्ध छ, दिउँसो १२ बजेपछि सञ्चालन हुने अपेक्षा रहेको विभागले जनाएको छ । अरनिको राजमार्गमा खावा खण्डमा एकतर्फी आवागमन खुलेको छ । कान्ति लोकपथमा सानो पहिरो पन्छाउने काम भइरहेकोले दिउँसो १२ बजेपछि खुल्ने जनाइएको छ ।
मेची कोरिडोरमा मैखोला पुल बगाएको छ भने पुवा खोला र जोगमाई बेली पुल डुबानमा परेका छन् ।
भिमाद–डेढगाउँ(कालीगण्डकी कोरिडोर)मा भिमाद खण्डमा दुई किलोमिटर डाइभर्सन अवरुद्ध भएकोले मिनीबस, माइक्रो, जीप आवतजावत गर्न सक्ने भए पनि कार र ठूला बसका लागि उपयुक्त नभएकाो जानकारी दिइएको छ ।
हुलाकी सडकमा बिर्तामोड क्षेत्रमा क्षति नदेखिएको भए पनि कमला क्षेत्रमा बाढी स्तर उच्च रहेको र लोहेन्द्र पुलमा जोखिम रहेको विभागले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत भालुखोला पुल डाइभर्सन बगाएको र कालीखोला डाइभर्सन पनि मेचिनगर क्षेत्रमा बगाएकोले सडक अवरुद्ध भएको जनाइएको छ ।
त्यस्तै, धरान–धनकुटा सडक अवरुद्ध छ भने हिले–पाख्रिबास–लेगुवा सडक पूर्णरूपमा बन्द छ । मध्यपहाडी सडकखण्ड (रामेछाप÷सिन्धुली खण्ड) मा ठूलो संख्यामा पहिरो खसेको छ, उपकरण परिचालन भए पनि आँखरे भीरमा ठूलो पहिरोले आवागमन रोकिएको छ । जयराम–हलेसी खण्डमा पाँच–छ अवरोध छन् ।
अन्य खण्डमध्ये गोरखा, पर्वत, दैलेख क्षेत्रमा समस्या नभएको जनाइएको छ भने बागलुङ–बुर्तिवाङ खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal