
काठमाडौँ ।
गणेश उज्जन(भूवन) स्मृति प्रतिष्ठान र वसिको क्लवले संयुक्त रुपमा काठमाडौँ महानगर – २, वडाव्यापी फुटसल प्रतियोगिता आईतबार आयोजना भयो । प्रतियोगितामा ३५ वर्ष भन्दा माथिका उमेर समुहका खोलागाल टोलले प्रथम स्थान हासिल गरेका थिाए भने निल सरस्वतीस्थान दोस्रो , बुङ्गाल र सखुनाले तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी ३५ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी खुर्सानीटार टोल प्रथम, कैलासचौर दोस्रो र बुङ्गाल र गैरीधारा टोलले तृतिय स्थान प्राप्त गरेको हो ।
प्रविन श्रेष्ठको संयोजकत्वमा आइतवार आयोजित सो प्रतियोगितामा ३५ वर्ष भन्दा माथिका ६ वटा टिम र ३५ वर्षभन्दा मुनिका खेलाडीहरुको ८ वटा टिमले सहभागिता जनाएको थियो ।
काठमाडौँ महानगर–२का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठानका अध्यक्ष सावित्री श्रेष्ठले विजयी टिमहरुलाई प्रमाणपत्र र सिल्ड प्रदान गर्नुभएको थियो ।
दस वर्षे माओवादी द्वन्द्वकालमा ओखलढुङ्गा पोकली निवासी गणेशकुमार श्रेष्ठ र उज्जन (भूवन) कुमार श्रेष्ठको राज्यपक्षको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो । उहाँका परिवारले पिताका स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानले द्वन्द्व पीडित, अनाथ तथा अशाहय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सेवा दिंदै आएको छ ।
प्रत्येक वर्ष बालअधिकारको प्रवद्र्धन स्वास्थ्य सेवाको सुधार, र दिगो विकासका लागि ग्रामिण समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम समेत सञ्चालन गर्दै आइरहेको छ । जेन्जि आन्दोलनकै अवसरपारी आयोजित फुटसल प्रतियोगितामा विजयी युवाहरुले शहिद हुनु गौरवको कुराभएपनि शहिदको चाहनाअनुरुप कर्म राजनेताहरुबाट हुन नसक्नु पिदाको सवाल भएको बताएका थिए । सामाजिक कार्य अन्र्तगत आयोजित यस्ता खेलकुद गतिविधिले हारजित भन्दापनि स्वास्थ्य सुधार ,शिक्षामा टेवा र सामाजिक सेवामा युवा जमातलाई नेतृत् वगर्न उत्साहित गराउने विश्वास ब्यक्त गरिएको थियो ।