
काठमाडौं । बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो ।
गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।
त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएका छन् ।
बुधबार राती ठुलो पानी परे पनी थप पहिरो झरेको छैन् । तर पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।