आज :

भ्रष्टाचारका दर्जन मुद्दा खेपिरहेकी डा. संगीता स्वास्थ्यमन्त्रीमा सिफारिस, मेडिकल माफिया सक्रिय

  • अनलाइन डबली

काठमाडौँ । जेनजी आन्दोलनको बलमा बनेको चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाराको आरोप खेपिरहेकी डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्री बनाउन सिफारिस गरेकी छन् । कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ मन्त्रीमा नियुक्त गरेको बताइएको छ । यद्पी ग्रहण गरेकी छैनन् ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले संगीतालाई स्वाथ्य सेवा विभागको महानिर्देशक बनाएका थिए । २०८० भदौबाट जिम्मेवारी समालेदेखि नै संगीताले स्वास्थ्य क्षेत्रका स्वार्थ समूह तथा माफियासँगको मिलेमतोमा टेण्डरमा सेटिङ गरेको आरोप लागेको थियो । मिश्रले स्वास्थ्य अन्तर्गतका परिवार कल्याण महाशाखादेखि सबै निकायका कार्यक्रममा हस्तक्षेप गरी आफूलाई कमिसन दिने संघसंस्थालाई मात्र दिने गरेको आरोप लाग्दै आएको छ ।

बस्नेतदेखि निवर्तमान स्वास्थ्यमन्त्री प्रदिप पौडेलको कार्यकालको केही समयसम्म विभागको नेतृत्व समालेकी संगीताले अहिले मन्त्रालयको अतिरिक्त सचिव थिइन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेको सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट खरिदमा स्वास्थ्य क्षेत्रका माफियासँग मिलेर स्पेकलक गरी नीतिगतरुपमै भ्रष्टाचार गरेको भन्दै दर्जनभन्दा उजुरी परेका छन् ।

स्वास्थ्य उपकरण खरिदमा जसले बढी कमिसन दिन्छ उसैको लागि अनुकुल खरिद मापदण्ड बनाउने गरेको संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । २०८० बैशाख २० बस्नेत मन्त्री नियुक्त भएका थिए । बस्नेत र संगीताको मिलेमतोमा साउन एक गतेबाट फागुन ६ गतेसम्मको साढे ६ महिनाको अवधिमा विभागले ३ अर्ब १७ करोड ८२ लाखको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गर्यो ।

सबै टेण्डर मन्त्री डा. संगीता व्यवसायीसँगको मिलेमतोमा राज्यलाई ठुलो घाटा पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयलगातमा दर्जनभन्दा बढी उजुरी परेका थिए ।

संगीता विभागमा रहेसम्म मेडिकल माफियाकाे रजगज नै थियाे । उनिहरूले पहिले नै कमिसनकाे टुंगाे लगाउने र त्यहीअनुसार खरिद मापदण्ड बनाएर टेण्डर प्रकाशित गर्ने गरेकाे विभाग स्राेतका दाबी छ । सराेकारवालाहरूले संगीताले खुलमखुला रूपमा भ्रष्टाचार गरिरहेकाे भन्दै दर्जनाैं उजुरी हालेका थिए ।

ती उजुरीमाथि छानबिन नसकिँदै डा. संगीतालाई अन्तरिम सरकारले मन्त्रीको उपहार दिएको छ । उनि स्वास्थ्य मन्त्रीमा सिफारिस भएको सार्वजनिक भएसँगै चौतर्फी विरोध भइरहेको छ । जेनजी युवाहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन गरेको तर भ्रष्ट प्रशासकलाई नै मन्त्री बनाउन लागेको भन्दै विरोध भइरहेको छ । जेनजी युवाहरु पनि संगीतालाई मन्त्री बनाइनु नहुने बताएका छन् ।

डा. संगीतालाई मन्त्री बनाउन स्वास्थ्य क्षेत्रका माफियाहरु रातदिन लागिरहेका छन् । उनि महानिर्देशक हुँदा सेटिङमा काम लिएकाहरु नै अहिले मन्त्री बनाउन लागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal