आज :

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

  • अनलाइन डबली

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ ।

 

जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् ।

आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ । ‘वडा कार्यालयहरु बनाउन समय लाग्ने र सबै कागजातहरु पनि जलेर नष्ट भएकाले नगरपालिकाबाटै सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘हाललाई नगरपालिकाका केही कोठा र नगरपालिकासंगै जोडिएको जिल्ला समन्वय समितिका केही कोठा भाडामा लिएर नागरिकलाई सेवा दिईने छ ।’

 

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाह रोकिएको थियो । वडा कार्यालयबाट हुने जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक कामहरुसमेत प्रभावित भएका थिए ।

 

नगरपालिकाको झण्डै ३ करोडको क्षति

भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका कार्यालयमा २ करोड ७५ लाख बराबरको क्षती भएको छ । वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको क्षती मुल्याङ्कन भई रहेको छ । यसले वीरेन्द्रनगरको क्षती धेरै बढ्ने अनुमान गरिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

 

नगरपालिकाको भवन तथा कोठा, फर्निचर तथा फिक्चर्सका सामाग्री, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक, सवारी साधन तथा अन्य विद्युतीय उपकरण र सामाग्रीहरु गरी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको दुई करोड ७५ लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमूख खड्क बहादुर केसीले जानकारी दिए ।

 

‘नगरपालिका मातहतको सिटी हलको क्षतीको विवरण पनि यसमा समावेश छ’ केसीले भने, ‘आन्दोलनका क्रममा नगरपालिकाका १२ वटा वडा जलाइएका छन्, वडाको क्षती मुल्याङ्कन भई रहेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal