आज :

नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

  • अनलाइन डबली

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ ।
दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ । भारतिय नागरिकहरूले +९७७–९८०८६०२८८१, स्थायी आपतकालीन नम्बर +९७७–९८५१३१६८०७ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ ।
हिंसामा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयभित्र रहेका सवारीसाधनमा ठूलो क्षति पुगेको छ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेसँगै सामान्य जीवनयापन फिर्ता हुन थालेको छ ।
एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal