आज :

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको सङ्केत : स्वर्णिम वाग्ले

  • अनलाइन डबली

रामेछाप ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अधिनायकवादतर्फ उन्मुख प्रवृत्ति भएको बताएका छन् ।

शुक्रवार मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै असम्भव हुने बताए ।

सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका साथ चरणबद्ध रूपमा गर्नुपर्नेमा प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत भएको उनको भनाइ छ ।

करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका र उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल नै भएको उनको भनाइ छ । यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दबाउन नसकिने उनको भनाइ छ ।

रास्वपाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको  र काठमाडौँ फर्किएपछि यस विषयमा थप विस्तृत रूपमा सार्वजनिक रूपमा बोल्ने उनले बताए ।  सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ ।

अदालतले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भनेको बताउँदै उनले प्रतिबन्ध लगाउन नभनेका दाबी गरे । ’कानुन बनाएर व्यवस्थित गर भनेको हो, बन्द गर भनेको होइन, सरकारले नबुझेको हो,  अदालतको स्प्रिडलाई सरकार बुझेन’, उनले भने ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal