आज :

व्यक्तिगत घर जग्गा संरचनामा असर पर्ने गरी तोडफोड नगर्न काठमाडौँ महानगलाइ अन्तरिम आदेश

  • अनलाइन डबली

काठमाडौँ ।  उच्च अदालत पाटनले काठमाडौ महानगरपालिकालाइ वडा नं १३ ” कर खुशी ” ( खोला मापदण्ड बाहिरको ) व्यक्तिगत घर जग्गा संरचनामा असर पर्ने गरी तोडफोड गर्ने, अतिक्रमण गर्ने लगायतका कार्य नगर्नु नगराउन अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिदिएको छ।
मुख्य न्याधिश लालबहादुर कुवर ,अर्जुन प्रशाद कोइरालाको संयुक्त इजलाशले बुधबार काठमाडौँ महानगर पालिका १३ कालिमाटी , सोल्टी मोड स्थित भएर बग्ने “कर खुशी” किनारका निजि घर जग्गा अतिक्रमण गर्ने लगायतका कार्य नगर्नु नगराउन अल्पकालिन निरन्तर अन्तरिम आदेश जारि भएको हो।
भूमि अधिकार संरक्षण समिति वडा नं १३ “कर खुशी” ईकाईका संयोजक निलकण्ठ महर्जन सहित ६ परिवारले भद्र ५ गते आफ्नो पुर्ख्यौली सम्पत्ति सुरक्षाको माग गर्दै उच्चअदालतमा निवेदन दिएका थिए।
आफ्नो अधिकार सुनिश्चित गर्न निम्ति भूमि अधिकार संरक्षण समितिको पहलमा बरिस्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठ,आरजु कार्की, नरेश श्रेष्ठ र राजु शाक्यले बहसले बहस गरेका थिए।

काठमाडौँ महानगर १३ वडाले करिडोर खोल्न माग गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति र नापि बिभागलाई पत्राचारगरे पछी पुस्तौ देखि बस्दै आएका स्थानीयले यसको बिरोध गर्दै आएका थिए।

काठमाडौँ महानगर पालिका १३ कालिमाटी , सोल्टी मोड स्थित भएर बग्ने “कर खुशी” (खोला )

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal