
काठमाडौं । रुसले युक्रेनमाथि बहुआयामिक हमला गरेको बताएको छ । मंगलबार रूसी रक्षा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा रूसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक्रमण गर्दै युक्रेनी ड्रोन नियन्त्रण तथा प्रक्षेपण स्थल, युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथ स्थानहरू लक्षित गरेर आक्रमण गरेको छ ।
आक्रमणबाट युक्रेनी ट्याङ्क, तोपखाना, विद्युतीय युद्ध प्रणालीका आधार केन्द्र र आपूर्ति गोदामहरू नष्ट गरिएको रूसले जानकारी दिएको छ ।
साथै, रूसी हवाई प्रतिरक्षाले युक्रेनका ६ हवाई–नियन्त्रित बम, १ नेप्च्यून लामो दूरीको क्षेप्यास्त्र र १९१ ड्रोन खसालेको जनाएको छ ।
यसैबीच पूर्वी युक्रेनका थप दुई गाउँ रुसी सेनाले कब्जामा लिएको जनाएको छ । तर, युक्रेनले अस्वीकार गर्दै ती गाउँमा लडाइँ जारी रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।