आज :

रुसद्वारा युक्रेनीकाे निप्रोपेट्रोभस्क शहर नियन्त्रणमा, क्षेप्यास्त्र डिपो ध्वस्त

  • अनलाइन डबली

काठमाडौं । रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ ।

रुसी वायु रक्षा प्रणालीले तीन बहु–प्रक्षेपण रकेट प्रणाली राउन्डहरू र १७२ ड्रोनहरू खसालेको छ ।

यसैबिच युक्रेनले रुसी रिफाइनरी र बन्दरगाहविरुद्ध आक्रामक कारबाहीको रिपोर्ट गरेको छ । युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आइतबार दिउँसोसम्म फ्रन्टलाइनमा ८५ झडपहरू भएको रिपोर्ट गरेको छ, जसमध्ये ३१ पोकरोभस्कमा भएका छन् ।

आइतबार बिहानको एक समन्वित अपरेशनमा, युक्रेनी सेनाले युक्रेनी रक्षा मन्त्रालय अन्तर्गतको मुख्य गुप्तचर निर्देशनालयसँग मिलेर रुसको समारा क्षेत्रमा रहेको तेल रिफाइनरीमाथि आक्रमण गरेको छ । हमलाबाट भएको क्षतिको हद हाल मूल्याङ्कन भइरहेको छ ।

आइतबार पनि, उत्तरपश्चिमी रूसको लेनिनग्राद क्षेत्रका गभर्नरले ड्रोन आक्रमणपछि उस्ट–लुगा बन्दरगाहमा आगलागी भएको पुष्टि गरे । आइतबार बिहान बन्दरगाहमाथि दशवटा ड्रोनहरू नष्ट गरिएका थिए र खसालिएका ड्रोनहरूको भग्नावशेषले एउटा डकमा आगो लागेको थियो । यद्यपी, हाल आगो निभाइसकिएको र प्रारम्भिक रिपोर्टहरूले गभर्नरका अनुसार कुनै हताहत नभएको संकेत गरेको छ ।

युक्रेनी सेनाले आइतबार पुष्टि ग¥यो कि यसको सेनाले उस्ट–लुगा बन्दरगाहमा रहेको सुविधालाई लक्षित गरेको थियो, जुन बाल्टिक सागर क्षेत्रको सबैभन्दा ठूलो बन्दरगाह र रूसको दोस्रो ठूलो बन्दरगाह हो ।

-सीसीटीभी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal