आज :

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

  • अनलाइन डबली

काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने छ ।  सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए । विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो । २०६२÷६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५÷७६ को कोभिड महामारीका समय प्रतियोगिता हुन सकेको थिएन ।

गत संस्करणको सिनियर ब्वाइज÷गल्र्सको उपाधि भ्याली पब्लिकले जितेको थियो । जुनियर ब्वाइजमा गोल्डेनपिक च्याम्पियन बनेको थियो । दसदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal