आज :

काँग्रेस-एमालेले फेरि पनि उपसभामुखविरुद्ध दुई तिहाई जुटाउन सकेनन्, प्रचण्डले बोलाए विपक्षी दलको बैठक

  • अनलाइन डबली

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले दुई तिहाई सांसदको हस्ताक्षर जुटाउन सकेनन् । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने उद्देश्यको लागि विहानैबाट काँग्रेस र एमालेले आफ्ना सांसदहरुलाई खाली कागजमा हस्ताक्षर जुटाउन लागेका थिए ।

काँग्रेस र एमालेले आजै उपसभामुख रानामगरविरुद्ध महाअभियोग दर्ता गराउने तयारी गरेका थिए । तर, दुई तिहाई मत जुटाउन नसकेपछि आज महाअभियोग दर्ता हुन सकेन ।

काँग्रेस–एमालेले दुई तिहाई जुटाउन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवीसहित काँग्रेसको संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

प्रतिनिधिसभामा २७५ सदस्यमध्ये दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको सङ्ख्या जोड्दा १६७ मत पुग्छ ।

बाँकी रहेको १७ मत जुटाउन सरकारबाट बाहिरि सकेको नागरिक उन्मुक्तिलाई समेत बैठकमा बोलाइएको छ ।
अहिले सरकारमा रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् । अब जनमतले मात्रै साथ दिएमा सरकारसँग दुई तिहाई पुग्छ ।

नेपाली काँग्रेसका शेखर कोइराला पक्षका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेका छैनन् । काँग्रेसकै सांसदले हस्ताक्षर नगरेपछि सरकारसँग दुईतिहाई बहुमत पुगेन ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

विहान पार्टीको पदाधिकारी बैठक बोलाएर प्रचण्डले सत्तारुढ दलले महाअभियोग ल्याउने तयारी गरेको र त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

काँग्रेस-एमालेले उपसभामुख रानामगरलाइ हटाउन यसअघि पनि हस्ताक्षर अभियान चलाएका थिए । तर, प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यतिबेला पनि असफल भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal