आज :

नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

  • अनलाइन डबली

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।

विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत केहिदिनअघि विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका थिए ।

यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच मुख्यमन्त्री कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सान्दर्भिक रहेको उल्लेख छ । उनका अनुसार धर्म, सत्य र कर्तव्य पालनका लागि श्रीकृष्णले दिनुभएको सन्देशले समाजलाई सत्मार्ग तर्फ डोर्याउने मात्र नभई समुन्नत र सुसंस्कारयुक्त बनाउन अभिप्रेरित गर्ने आधार बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal