आज :

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन: सांसद शाह

  • अनलाइन डबली

काठमाडौं । प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् ।

बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केहि दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन् । उनले नेपालमा  नेताको लुट र भ्रस्टचार मात्र सुरक्षित भएको बताए । उनले सरकारको कस्टडिमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यस्मा कैदी बन्दि दोषि  हो कि सरकारको बेथिती दोषि हो भनेर  सरकार सँग प्रश्न गरे । सरकारको कस्टडिमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।

‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्ेछ सुरक्षित भएनन् । सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो । नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ  त्यो हो नेताको लुट र भ्रस्टचार । हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो । माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हँुदैपनि मृत्युवरण गर्नु पर्यो । केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने । ‘म सोध्न चहान्छु भरत चौधरीको  हत्याको जिम्मा कस्ले लिई दिन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal