आज :

टर्कीले बनायो विश्वको पहिलो समुद्री स्किमिङ युएभी ड्रोन, सोभियत संघकाे बौद्धिक ‘चोरी’

  • अनलाइन डबली

काठमाडौँ । टर्कीले तत्कालिन सोभियत संघको प्रविधि र सिद्धान्तको प्रयोग गरेर निर्माण गरिएको पहिलो समुद्री स्किमिङ ड्रोन सार्वजनिक गरेको छ ।

शीतयुद्धको समयमा सोभियत संघले अमेरिका र नेटो देशलाई चक्मा दिँदै ‘क्यास्पियन सी मोन्स्टर’ जस्ता अद्भुत समुद्री विमानहरू निर्माण गरेको थियो । ती विमानहरु समुद्री सतहभन्दा कम उचाइमा उडान भर्ने भएकाले अमेरिकी राडारहरुलाई सजिलै छल्ने गरेका थिए ।

विज्ञहरुका अनुसार टर्कीको नयाँ टयाली ड्रोन पनि सोभियत वैज्ञानिकहरुलाई विकास गरेको सिद्धान्तमा रहेर निर्माण गरेको हो । यो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी हतियार भएको कर्कीले दाबी गरेको छ ।

टर्कीको सोलिड एरो कम्पनीले टयालीलाई विश्वको पहिलो सि–स्किमिङ बहुउद्देश्यीय मानवरहित एरियल भेहिकल भएको दाबी गरेको छ । यो समुद्रभन्दा केवल ३० सेन्टिमिटरको उचाइमा उड्न सक्छ र विङ्ग–इन–ग्राउन्ड (डब्लुआइजी) प्रभाव प्रयोग गर्दछ । जसले यसलाई हावामा थप लिफ्ट र दक्षता दिन्छ। यति कम उचाइमा उडानको कारण यो परम्परागत नौसेना रडारमा लगभग अदृश्य रहन्छ।

टयाली ड्रोनको कम्प्याक्ट साइज छ। यसको लम्बाइ ९.१९ फिट र पखेटा ९.८४ फिट छ। यो ३० सेन्टिमिटरदेखि १०० मिटरको उचाइमा उड्न सक्छ। र ३० किलोग्राम (६६ पाउण्ड) सम्मको पेलोड बोक्न सक्छ। यसमा उन्नत सेन्सर, साना एन्टीशिप हतियार वा निगरानी उपकरणहरू जडान गर्न सकिन्छ। यो पूर्णतया इलेक्ट्रिक इन्जिन र लिपो ब्याट्रीबाट चल्छ । जसको उडान अवधि ३ घण्टा र सञ्चालन दायरा २०० किलोमिटर छ। यसको फोल्ड गर्न मिल्ने पखेटाहरूले यसलाई छिट्टै तैनाथ गर्न सजिलो बनाउँछ ।

टयालीको बारेमा सबैभन्दा विशेष कुरा यसको स्टिल्थ डिजाइन र रडारबाट बच्ने क्षमता हो। यसलाई सामान्य आक्रमण, शीर्ष आक्रमण र हार्बर आक्रमण जस्ता धेरै अपरेशनहरूको लागि प्रयोग गर्न सकिन्छ। यसको एआई संचालित उडान नियन्त्रण प्रणालीको साथमा यो दिन होस् वा रातमा पनि सटीक र द्रुत आक्रमणहरू गर्न सक्षम छ।

विज्ञहरुले सोभियत वैज्ञानिकहरुले विकास गरेको सिद्धान्तको ‘चोरी’ गरेर टर्कीले नयाँ ड्रोनको विकास गरेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal