आज :

बडिमालिका स्वास्थ्य शिविरमा ९ सय २४ जना यात्रुहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

  • अनलाइन डबली

कालिकोट । रास्कोट नगरपालिकाको स्वास्थ्य टोलिले बडिमालिका तिर्थयात्राका क्रममा ९ सय २४ जना यात्रुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । बडिमालिका तिर्थयात्रामा सहभागी हुने तिर्थयात्री तथा पर्यटकको लागि रास्कोट नगरपालिकाले यात्रा अवधिभर घुम्ती रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

रास्कोट नगरपालिकाले शिविरमा प्रादेशिक रणिनीतिक रास्कोट अस्पतालमा कार्यरत डा. कमल राज बरालको नेतृत्वमा जनस्वास्थ्य निरीक्षक जनकराज न्यौपाने, सिअहेब नगराज बराल लगायत ५ जनाको टोलि परिचालन गरेको थियो । उक्त टोलिले साउन १८ गतेदेखि २४ गते सम्म घुम्ती रुपमा यात्रुहरुलाई स्वास्थ्य सेवा प्रदान गरको थियो ।


डा. बरालका अनुसार यात्राका क्रममा लेक लाग्ने, पखाला, ज्वरो, ग्याष्ट्रिक, सानो चोटपटक, घामले पोल्ने जस्ता समस्याहरु बढि मात्रामा देखिएका थिए । भारी बर्षा, हावा हुरी जस्ताः मौसमी प्रतिकुलताका बाबजुद रास्कोट नगरपालिकाको स्वास्थ्य टिमले यात्रुहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । यात्राभर आकस्मिक उपचारका क्रममा १४ जनालाई अक्सिजन तथा आइभि मार्फत उपचार गरिएको र बाँकीलाई प्रतिरक्षात्मक ओैषधी वितरण गरिएको उनले बताए ।

कालीकोट, जुम्ला, दैलेख, सुर्खेत लगायतका जिल्लाबाट हजारौं यात्रुहरू रास्कोट नगरपालिकाको मुकाम आरसिपि बजार हुँदै देउरा पाटन, क्षेत्तडी, मालुवा, कैलाशगाड, त्रिवेणी पाटन भएर बडिमालिका पुग्ने गर्दछन् । तुलनात्मक रुपमा बडिमालिका पुग्नका लागि रास्कोटको रुट सजिलो हुनुका साथै सुन्दर पाटनहरुको दृश्य अवलोकन गर्न मिल्ने भएकाले रास्कोटको बाटो यात्रुहरुको प्राथमिकतामा पर्ने गरेको छ ।

समुन्द्री सतहदेखि ४ हजार २ सय मिटर उचाईमा रहेको बडिमालिका पुग्ने क्रममा तिर्थालु तथा पर्यटकमा देखा पर्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राखेर नगरपालिकाले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक राज न्यौपानेले जानकारी दिए । आगामी बर्षहरुमा स्वास्थ्य शिविर र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

रास्कोट नगरपालिकाले यसै वर्षबाट कालीकोटबाट बडिमालिका प्रस्थान गर्ने पुजारीको टिमलाई औपचारिक रुपमा यात्राको प्रारम्भ गर्ने प्रचलनको थालनी गरेको छ । नगरपालिकाले बडिमालिका पुग्ने यात्रुहरुको सहजताका लागि लेकबस्ती हुँदै देउरामालिका, उदौनी, अनाहा, क्षेत्तडीसम्म सडक विस्तार गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal