
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। दुई विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरुले मात्रै परीक्षा दिन पाउने बोर्डले सूचनामार्फत जनाएको छ ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको थियो ।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ।
सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्नेछ।