आज :

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, अमेरिका–इजरायलालाई झट्का

  • अनलाइन डबली

काठमाडाैँ । इरानले आफ्नो आणविक कार्यक्रममा पाकिस्तानको समर्थन पाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शान्तिपूर्ण उद्देश्यका लागि आणविक क्षमता विकास गर्ने इरानको अधिकारलाई समर्थन गर्ने बताएका छन् ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँगको भेटपछि सरिफले यस्तो बताएका हुन् । पेजेस्कियान गत शनिबार दुई दिने पाकिस्तान भ्रमणमा आएका थिए, यस पछि उनले इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री, प्रधानमन्त्री र अन्य नेताहरूसँग भेटघाट गरेका थिए ।

पाकिस्तानको आणविक कार्यक्रमको समर्थन इरानका लागि विशेष महत्वको छ। इजरायल र अमेरिकाले इरानको आणविक कार्यक्रम माथि लगातार प्रश्न उठाउँदै आएका छन् ।

इजरायल र अमेरिकाले पनि जुनमा इरानको आणविक केन्द्रलाई लक्षित गरी बम विष्फोट गरेका थिए। यसपछि इजरायल र इरानबीच १२ दिनसम्म भीषण युद्ध भएको थियो । यस्तो अवस्थामा आणविक मुद्दामा सरिफको भनाइले ट्रम्पलाई पनि रिस उठाउन सक्ने अनुमान गरिएको छ ।

डनका अनुसार शहबाज शरीफ र मसूद पेजेस्कियानले आइतबार धेरै सम्झौता गरेका छन्। दुवै देशले १० अर्ब डलरको व्यापार लक्ष्यको सम्भाव्यतालाई साकार पार्न दस्तावेजमा हस्ताक्षर गरेका हुन । पेजेस्कियानसँगको संयुक्त पत्रकार सम्मेलनमा सरिफले इरानको परमाणु साइटहरुमा इजरायलले जुन १३ दिन सम्म भएको आक्रमणको निन्दा पनि गरेका छन् ।

आणविक कार्यक्रम पुनः सक्रिय बनाए फेरि हमला गर्ने चेतावनी दिँदै आएका अमेरिका र इजरायलाई पाकिस्तानको समर्थनले झट्का लागेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal