आज :

अटोमन साम्राज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

  • अनलाइन डबली

काठमाडाैँ । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ ।

निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो।

टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की इतिहासका धेरै महत्त्वपूर्ण चरणहरू देखेकी थिइन् । ओटोमन साम्राज्यको अन्तिम वर्ष टर्कीको स्वतन्त्रता युद्ध, आधुनिक गणतन्त्र, अता तुर्कको स्थापना र त्यसपछि नयाँ युगको उदय सबै देख्न र भोग्न पाएकी एक मात्र जिवित महिला थिइन् ।

होडी गुर्कनले आफ्नो सम्पूर्ण जीवन बिनेक्ली जन्मेको गाउँमा बिताइन् । यो गाउँ विरानसेहिर शहरबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । उनले कुल ७ सन्तानलाई जन्म दिइन्, धेरै पुस्ताहरूमा आफ्नो परिवार फैलाइन्  । आज उनको परिवारमा ११० जना नातिनातिना छन् र अझ धेरै पनाति पनातिनाहरू पनि रहेका छन ।

गाउँलेहरूका लागि उनी बुढी महिला मात्र नभई इतिहासको जिउँदो किताब थिइन्। उनको ज्ञान, अनुभव र पारिवारिक मार्गदर्शनले उनलाई धेरै सम्मानित स्थान प्राप्त थियो ।

गुर्कन उनको गाउँमा सम्मानित र प्रेरणादायी व्यक्तित्व थिइन्। उनको उमेर र अनुभवले उनलाई समाजमा महत्त्वपूर्ण स्थान दिएको छ। उनको अन्तिम यात्रा बिनाकेलीको समाधिस्थलमा भएको थियो, जसमा परिवारका सदस्य र स्थानीय सिन्दाको ठूलो सहभागिता रहेको थियो ।

होदी गुर्कनको जन्म त्यो युगमा भएको थियो जब टर्कीमा ओटोमन साम्राज्यको शासन थियो। उनले टर्कीको स्वतन्त्रताको संघर्ष, नयाँ गणतन्त्रको गठन र आधुनिक युगको लामो यात्राको साक्षी थिइन । उनको जीवन यात्राले टर्कीको इतिहासमा धेरै महत्त्वपूर्ण घटनाहरू देख्न पाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal