आज :

आज देशभर नाग पञ्चमी मनाइँदै, यस्ताे छ आख्यान

  • पदम श्रेष्ठ

काठमाडौं । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।

नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।

नागपञ्चमी एक आख्यान महिमा अनेक

उपत्यकामा नाग महिमालाई ठूलो सम्मानका साथ लिइन्छ । नागस्थानको आधारमा वज्रयान बौद्ध परम्परानुसार १२ तीर्थ छन् । वरुण नागराजको बासस्थान टेकु दोभान चिन्तामणि तीर्थ, तक्षक नागराजको चाँगु पुण्य तीर्थ, शान्ति तीर्थ कोटेश्वर, शङ्कर तीर्थ शङ्खमूल ललितपुर, ज्ञान तीर्थ, प्रमोद तीर्थ, जय तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राजतीर्थ सानेपासम्मलाई मानिन्छ । नागपञ्चमीमा नागस्थलमा मात्र होइन घरको मूलढोकामा नागको चित्र टाँसेर श्रद्धाभक्तिपूर्वक पूजा गरिन्छ ।

नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका पानीको दहका रूपमा रहेको बेला यहाँ नागवंशको राज्य रहेको र उपत्यकाको पानी चोभार ह्रासिकापबाट छेदन गरी बाहिर पठाउँदा मञ्जुश्रीले नागवंशको सम्मानार्थ टौदह र ललितपुरको धापाखेलमा सम्मानका साथस्थान सुरक्षित गराएको आख्यान पाइन्छ । यस्तै आख्यानमध्ये भक्तपुरको सिद्धपोखरीपनि नागवंशीबारे महिमा भएको पोखरी मानिन्छ । नागपञ्चमीका दिन उल्लेखितस्थलहरुमा भव्य मेला नगपुजा हुने परम्परा रहदै आईरहेको पाईन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal