
श्रीलंकामा आइतबार आयाेजना भएकाे साउथ एसियन स्तरिय २५ आैं अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट LAKMAL’S CHALLENGE -2025″ मा नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघबाटबाट सहभागी भएकाे खेलाडी शनि शिंहले स्वर्ण पदक हासिल गरेकाे छ। उक्त प्रतियोगितामा श्रीलंकाकाे खेलाडीलाई २ राउन्ड ड्र भएर तेस्रोपटककाे भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक हात पार्न सफल भएकाे थियाे। नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशाेक कुमार श्रेष्ठकाे नेतृत्वमा सहभागी भएकाे उक्त प्रतियोगिताकामा अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन र खेलाडीमा शनि शिंहले सहभागीता जनाएकाे थियाे। प्रमुख अतिथीमा World Kumite Federation का उपाध्यक्ष तथा World Byakuren Kaikan Karate organization का अध्यक्ष Kancho Soshi Sugihara थिए।सहभागी देशहरुमा नेपाल, भारत, बंगलादेश र श्रीलंका रहेका थिए।