आज :

ट्रम्पले युक्रेनलाई लामो दूरीको हतियार दिने, युद्ध झन् भिषण

  • अनलाइन डबली

काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुसविरुद्ध कर लगाउने धम्की दिएका छन् ।

संयुक्त राज्य अमेरिकाले नाटो मार्फत युक्रेनमा हतियार पठाउने र यदि ५० दिन भित्र युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित गरी गम्भीर कर लगाउने ट्रम्पले धम्की दिएका हुन् ।

ट्रम्पले सोमबार ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नाटोसँग सम्झौताको घोषणा गरेका हुन् । ट्रम्पले भने “हामी युक्रेनीहरूलाई हतियार पठाउनेछौं र उनीहरूले त्यसको लागि भुक्तानी गर्नेछन्,“ संयुक्त राज्य अमेरिकाले ती हतियारहरू उत्पादन गर्नेछ ।

प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।

ट्रम्पको पछिल्लो निर्णयले रुस–युक्रेन युद्ध झन् भिषण हुने र यसको दायरा फराकिलो बन्ने रक्षाविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal