
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः युक्रेनलाई हतियार सप्लाई गर्न निर्देशन दिएसँगै रुसले नयाँ चरणको हमला सुरु गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनको हवाई क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
रुसको रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोनहरू प्रयोग गरेर युक्रेनी सैन्य हवाई क्षेत्रमा ठूलो मात्रामा आक्रमण गरेको बताएको छ ।
रुसी सेनाले राजधानी किभ, खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्कलगायतका सैन्य र प्रशासनिक क्षेत्रमा भिषण हमला गरेकाे गरेकाे हाे । रुसकाे रक्षा मन्त्रालयले पनि निकोलाभ क्षेत्रमा रहेको युक्रेनी सैन्य अखडामा रुसी सेनाले मिसाइल प्रहार गरेको भिडियो पनि जारी गरेको छ ।
रुसले भिषण हमला गरेको स्वीकार गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बिहीबार रुसले किभ र अन्य स्थानहरूमा १० घन्टासम्म हवाई आक्रमण गरेको बताए ।
युक्रेनी वायुसेनाले सामाजिक सञ्जालमा पोस्ट गर्दै युक्रेनका आठ स्थानहरू हवाई आक्रमणबाट प्रभावित भएको जानकारी दिएको छ ।
यसैबीच जेलेन्स्कीका दायाँ हातको भूमिका पूरा गरिरहेका युक्रेनी सेनाका गुप्चरको राजधानी किभमा दिनदहाडै गोली हानी हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
उनी गुप्चरकै योजनामा रुसको राजधानीमा कार बिस्फोटलगायतका रुसी अधिकारीको हत्या भएको बताइएको छ । युक्रेनी सञ्चार माध्यमहरूका अनुसार गुप्चार अधिकारीको नाम कर्णेल इभान भोरोनिच हो । उनले आन्तरिक सुरक्षा र प्रतिगुप्तचरसम्बन्धी कार्य गर्थे ।
रुसभित्रसम्मै पुगेर आक्रमण र हत्याका योजना इभानले नै बनाउने दाबी गरिएको छ । उनकै योजनामा २०२४ को डिसेम्बरमा रुसको राजधानी मस्कको भएको कार बम आक्रमण गरी रुसी सेनाका उच्च अधिकारी जनरल इगोर किरिलोभको हत्या भएको दाबी गरिएको छ । घटनालगत्तै रुसी अधिकारीले उनको हत्यामा युक्रेनको संलग्नता रहेको भन्दै बदला लिने घोषणा गरेको थियो ।