
काठमाडौँ । स्वेडनस्थित प्रतेक बर्ष रमणीय समर मौसममा आयोजना हुने पार्टिले ह्याण्ड्बल बिस्वकपमा यस बर्ष देशको प्रतिनिधित्व गर्दै सहभागी बिद्यार्थीहरु स्वदेश फर्केका छन् । प्रतियोगितामा सहभागी हुन कोच विराजमान बज्राचार्य र बैशाली लामाको नेतृत्वमा बेस्ट एलिमेण्टरि स्कुल लाजिम्पाटका बिद्यार्थी लगायत विभिन्न स्कुलहरु गरि जम्मा १६ जना बालबालिकाहरुका साथै सो विद्यालयबाट पलिस्था श्रेष्ठ, मुन महर्जन, सुरसा श्रेष्ठको सहभागिता रहेको थियो ।
नेपाल ह्यनड्बल एसोसिएसनको आयोजनामा लगायत अन्य बालबालिकाहरु सहभागिता थियो । उक्त बिस्व चर्चित खेलकुदको कुम्भमा ३५ रास्ट्रको १२७२ टिमहरुले जम्मा ४२८८ वटा म्याचहरुमा भाग लिएका थिए । यस्ता अन्तरास्ट्रिय कार्यक्रमहरुमा नानिबाबुहरुलाई सानै उमेर देखि सहभागी गराउनुको उदेश्य जित्नु वा हार्नु मात्र नभएर, प्रिन्सिपल सुष्मा लामाले आफ्नो धारण ब्यक्त गर्दै “खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो जहा विश्वका शक्तिशाली राष्ट्र र गरिब रास्ट्रका खेलाडीहरु एउटै खेल मैदानमा आपसी मेलमिलाप भाइचाराका साथ खेल खेल्ने गर्दछ” जसले गर्दा विश्व शान्ति कायम गर्न मदत गर्दछ ।
सहभागी बिध्यार्थिहरुका अभिभावाक्ज्युहरुले आफ्ना नानिबाबुहरुलाई सहभागी गराइदिनुभयेकोमा विद्यालयलाई भविस्यमा पनि यस्तै कार्यक्रमहरुमा सहभागी गराइदिन अनुरोध गर्दै धन्यबाद ज्ञापन गर्नु भयो ।
फोटोहरु –