आज :

नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि, सिंगापुर २ विकेटले पराजित

  • अनलाइन डबली

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ ।

अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो ।  नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो ।

आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे । त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे ।

छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने ।

नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal