आज :

किभमा रुसले एकैपटक ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गर्यो, जेलेन्स्कीकाे गुहार ट्रम्पले सुनेन्

  • अनलाइन डबली

काठमाडाैँ । रुसले पछिल्ला दिनमा युक्रेनमाथि हवाई हमला तेज पारेको छ । रुसले युक्रेनको राजधानी किभलाई केन्द्र बनाएर लगातार भिषण हमला तेज बनाएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले शुक्रबार युक्रेनको राजधानी किभमा रहेका सैन्य र प्रशासनिक केन्द्रलाई निसाना बनाएको छ । हमलामा परी एक जना अधिकारीको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

राजधानी किभमा गरिएका हमला रोक्न नसकेको स्वीकार गर्दै युक्रेनले रुसी सेनाले एकैपटक ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । रुसी हमलालाई रोक्न अमेरिका र युरोपियन देशहरुले दिएका एयर डिफेन्स सिस्टम फेल भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्तापछि रुसले युक्रेनमा ठूलो हमला गरेको बताइएको छ ।

पुटिनसँगको कुराकानीपछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताएका थिए । उनले पुटिनले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनसँगको युद्ध जारी रहने बताएका थिए ।

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन् । उनले रुसले फेरि एकपटक युद्ध अन्त्य गर्न चाहँदैन भन्ने देखाएको बताए ।

जेलेन्स्कीले युक्रेनका सहयोगीहरू विशेष गरी संयुक्त राज्य अमेरिका, लाई रुसमाथि थप प्रतिबन्ध लगाउन अपिल गरेका छन् । उनले आफ्नो देशलाई थप सहयोग जारी राख्न पनि गुहार गरेका छन् ।

यसअघि अमेरिकाले दिँदै आएको हतियार सहयोग रोक्ने बताएको थियो । आफ्नो गोदाम रित्तिदै गएको भन्दै अमेरिकाले रुससँग प्रतिरोध गर्न सक्षम मानिएका डिफेन्स सिस्टम, क्षेप्यास्त्र र गोलाबारुद रोक्ने घोषणा गरेको थियो ।

अमेरिकाको यो निर्णयपछि निरास भएका जेलेन्स्कीले पुनः गुहार मागेका छन् । तर, यो समाचार तयार पार्दासम्म ट्रम्पले उनको गुहारको कुनै प्रतिक्रिया दिएका छैनन् । यसलाई ट्रम्प अब जेलेन्स्कीको गुहारलाई नसुन्ने मुडमा पुगेको अर्थको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal