
काठमाडौं । नेपालले इन्डोनेशियामाथि सानदार जित हासिल गरेको थियो । एसीसी यू–१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्यो ।
४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्यो ।
नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।