
काठमाडौं । रौतहट चन्द्रपुर ४ का नारायण तिमल्सीना, बिनोद दुलाल र वडा नं. ६ कि बेलुमाय तामाङ मिलेर आफूलाई दुःख दिने गरेको सोही ठाउँकी एकल महिल अन्जु केसीले आरोप लगाएकी छन् । आईतबार एक प्रेस विज्ञप्ति जारी गरी उनले सहानूभूति दिनुको सट्टाआफूलाई कसरी हुन्छ निरिह भएको फाईदा उठाउँदै लुट्ने र धुत्ने गरेको पीडासमेत व्यक्त गरेकी छन् ।
नारायण तिमल्सीनाले साढे दुई वर्षदेखि आफूलाई भाडा नदिई उल्टै बेलुमायालाई प्रयोग गरेर मुद्धामामिला गरेर दुःख दिने गरेको बताउँदै विज्ञप्तिमा भनेकी छन्,“नारायण, बिनोद र बेलुमायाको तीन जनाको समूहले मेरा हरेक कार्यमा अबरोध गरेर दुःख दिदै आएका छन् ।”
पीडित केसीले भनेकी छन्,“म एकल महिला भएको अवस्थालाई कमजोरी ठानी शक्ति र पहुचको आडमा बारम्बार दुःख दिने गरेका छन् । मैले सम्बन्धित स्थानीय निकायबाट न्याय नपाएपछि यो आमरुपमा यो विज्ञप्ति मार्फत सार्बजनिक गर्न बाध्य भएको छुँ ।”
सो विषयमा नारायण तिमल्सीनालाई सोद्दा आन्जु केसीलाई भाडा तिरी सकेको बताउँदै, अन्जु केसीले आफूहरुमाथि झुट्टा आरोप लगाएको बताए ।
आर्की आरोपीत बेलुमाया तामाङसँग सो विषयमा बुझ्दा पीडित अन्जु केसीले नै आफूलाई नरायणसँग जोडेपछि आफूले ‘नारायाणको सरसामान फिर्ता नदिदासम्म आफूले कालो सूचिबाट हटाउँदिन’ भनेको कुरा सत्य भएको बताईन् ।
तामाङ्ले अन्जुसंग २ लाखको नभई ४ लाखको लेनदेन भएको र अन्जुले लगाएका सबै आरोपहरु झूट्टा भएकोसमेत बताईन् । त्यसैगरी अर्का आरोपित बिनोद दुलाललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
प्रेस विज्ञप्ति
२०८२/०२/१८
रौतहटको चन्द्रपुर नगरपालिका ४ का स्थायी निवासी नारायण तिमल्सीनाले बलम्बासी टोलमा मैले निर्माण गरेको व्यवसायीक टहरमा २०७९ माघ १ गतेदेखि मासिक १० हजार भाडा दिने सर्तमा ‘अनन्या ट्रेडिङग कन्र्सन’ नामक शोरुम सञ्चालन गरिरहेका छन् । सर्त अनुसार मलाई घर बाहाल र १३ महिनाको विजुलीको महशुल तथा साढे दुई वर्षसम्मको भाडा तिर्नुको सट्टा धाक–धम्की तथा जालझेल अनि मुद्धामामीला गरी गराई दुःख दिईरहेका छन् ।
तिमल्सीनाले बाहाल र बिजुली महशुल तिर्न अटेर गरेपछी प्रहरी–प्रशासनमा २०८१/१२/०३ गते उजुरी दिन बाध्य भएँ । सोही अनुसार २०८१/१२/२० गतेका दिन मसँग निज तिमल्सीनाले आफ्नो शोरुमबाट दिलमाया बलको नममा बिक्रि भएको आटो एक हप्ता भित्र मेरो नाममा पास गराउने सम्झौता भएको थियो । त्यसै गरी सोही सम्झैताको दोस्रो नम्बर बुँदामा ४ महिनाको भाडा ४० हजार र खाजा–नास्ताको ६ हजार गरेर जम्मा ४६ हाजार २०८१/१२/३० गतेसम्म तिर्ने र सबै भुक्तानि गरिसकेपछि उक्त भाडामा रहेको टहरोको सरसामान नारायण तिमल्सीनाले भत्काई लैजाने सहमति भएको थियो ।
निज तिमल्सीनाले अटो पास गर्दा इन्स्योरेन्स र कर चुक्ता कटाएर भाडाबापत भनिएको रकमको ४६ हजारमा १७ हजार कटाएर २९ हजार मात्रै दिए तर आजसम्म पनि बाँकी समयको भाडा बापतको अटो पास गर्न मानेका छैनन् ।
यसरी तिमल्सीनाले अटो पास नगरेपछि मैले आजसम्म लिन पर्ने करिब ३ लाख रुपैयाँमा २ लाख ७१ हजार दिनुको सट्टा म एकल महिला भएको र ओरीपरी मेरो कोही नभएकोले उल्टै ‘के गर्न सक्छस् गर’ भनि धाक–धम्की दिइरहेका छन् ।
उनले एक हप्ताभित्रमा मलाई दिनुपर्ने भूक्तानी नदिई तोकिएको समय घर्काएर सहमति भंग गरेका छन् । गत चैत मसान्तसम्मको समय सीमा वितेर आज २ महिना वित्न आँटिसक्दा पनि उनले पूरा गर्न चाहेका छैनन् ।
यस अघि मैले बारम्बार भाडा माग्दा भाडा बापत आफ्नो नामबाट नभई वडा नम्बर ६ निवासी बेलुमाया तामाङको नामबाट २०८१ साउन २८ गते २ लाखको रकम चेकमार्फत सो रकम भूक्तान गरेका थिए ।
मेरो र नारायण तिमल्सीनको राम्रो सम्बन्ध भएको बेला म निरक्षर भएको हुँदा उनलाई मेरो चेक काट्न लगाउने गरेकी थिएँ, सोही समयमा मेरो हस्ताक्षर सहितको चेक उनले राखेका रहेछन्, पछि सोही चेकको दुरुपयोग गरी बेलुमायाको नाममा २ लाख रकमको चेक बनाएर मलाई फसाए । मलाई रकम दिने बेलुमायालाई नै प्रयोग गरी चेक अनादरको मुद्धा हाली मलाई सो २ लाख फागुन ९ गते चुक्ता गर्न बाध्य बनाए । यसरी भाडा बापत दिएको रकम बेलुमाया मार्फत आफैले लिए ।
मैले बेलुमाया तामाङको कामना सेवा विकास बैंकको खातामा रकम चुक्ता गरेको ४ महिनासम्म पनि बैंकले पटकपटक बोलाउँदा पनि कालो सूचिबाट हटाईको छैन । मैले खाँदै नखाएको २ लाख रकम भूक्तानी गर्दा पनि बेलुमाया नारायण तिमल्सीनाको मोहोरा बनेर निज बेलुमाया “बिना भाडा तिमल्सीनाको सामान नदिएसम्म कालो सूचि हटाउँदीन” भन्ने गरेकी छन् ।
हामीले प्रहरीसँग सो विषय बारे बारम्बार छलफल गर्दा, सो गाउँका माओवादी इकाई अध्यक्ष विनोद दुलालले निज पीडक नारायण निमल्सीना र बेलुमाया तामाङको पक्षमा लागेर मलाई अन्याय गरिरहेका छन् । उनिहरुले अदालत तथा प्रहरी प्रहशानमा मुद्धा हालेर मलाई दुःख दिने काम भइरहेको छ ।
यस अघी पनि निज तिमल्सीनाले बिना भाडा मलाई थाहा जानकारी नदिई म काठमाडौं भएको बेला पारी डिएसपीकोे हबाला दिई आफूले शोरुम राखेको टहार मान्छे लिएर आधि भत्काएर कानून विपरित कार्य गरेका थिए । सो बारे प्रहरीसँग सोधीखोजी गरि रोक्न लगाएकी थिएँ । यसरी नारायण, बिनोद र बेलुमायाको तीन जनाको समूहले मेरा हरेक कार्यमा हात हालेर दुःख दिदै आएका छन् ।
म एकल महिला भएको अवस्थालाई कमजोरी ठानी शक्ति र पहुचको आडमा बारम्बार दुःख दिने गरेका छन् । मैले सम्बन्धित स्थानीय निकायबाट न्याय नपाएपछि आमरुपमा यो विज्ञप्ति मार्फत सावजनिक गर्न बाध्य भएको छुँ ।
अन्जु केसी
पीडित, चन्द्रपुर ४ रौतहट